काठमाडौँ । कृषि विकास बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकको नाफामा ४३.३८ प्रतिशतले बढेको हो ।
प्रस्तुत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ।
त्यसैगरी बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाखमा झरेको छ। अघिल्लो आवमा बैंकले १० अर्ब ५५ करोड २७ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।
साथै, बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख रुपियाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख रुपियाँ रहेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब १३ करोड ६० लाख थियो ।
नाफासँगै प्रतिसेयर आम्दानी १८.५६ रुपियाँबाट बढेर २७.६३ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१.०४ रुपियाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ । त्यस्तै, खराब कर्जा ३.९१ बाट घटेर ३.२६ प्रतिशतमा झरेको छ ।

































