National life

कृषि विकास बैंकको निक्षेपको ब्याजदरमा कटौती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
576Shares
कृषि विकास बैंकको निक्षेपको ब्याजदरमा कटौती
ncell

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले निक्षेपको ब्याजदरमा कटौती गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा कटौती गरेको हो ।

बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फागुन महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत रहेको थियो ।

त्यस्तै बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनाका लागि भने ७.४४३० प्रतिशत रहेको थियो ।

व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ । त्यस्तै ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ ।

संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत निर्धारण गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?