National life

कृषि विकास बैंकले ऋण दिँदा व्यवसायीक सफलता मिल्यो : गोरखाका व्यवसायी जीवन गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
696Shares
कृषि विकास बैंकले ऋण दिँदा व्यवसायीक सफलता मिल्यो : गोरखाका व्यवसायी जीवन गुरुङ
ncell

काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना बुनेर स्वउद्यम गर्दै सफलता पाएका व्यक्ती हुन,जीवन गुरुङ । गोरखा छोप्रा सिरानचोक ५ का उनी स्थायी बासिन्दा हुन् । उनले वि.स.२०५६ साल असोज १४ गते कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यवसाय सुरु गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तत्कालिन समयमा ९० हजार रुपैयाँ ऋण लिदा उनले विभिन्न किसिमका आरोप-प्रत्यारोपदेखि नौला अनुभवहरु पनि भोग्नु पर्यो । आज उनलाई ती घटनाक्रमहरु सम्झिदा हाँसो समेत लाग्ने गरेको छ । तर,यति हो उनी ऋण लिने बेलामा पनि ढुक्क थिए र अहिले पनि आफूले गरेको निर्णयमा खुशी देखिन्छन् । किनकी उनीसँग केही गरौ भन्ने हुटहुटी थियो, व्यवसाय गर्छु भन्ने आँट थियो, सफलता पाउँछु भन्ने विश्वास थियो । त्यसका लागि उनले के गरेनन् आफ्ना सम्पूर्ण मेहनत र समय खर्चेर आफूले संचालन गरेको उद्योगलाई फस्टाउदो पथमा लगे । आफूसँग हुँदै नभएको पूँजी पनि जुटाएर जोखिम मोल्दै व्यवसायमा खन्याए, त्यो पनि ऋण लिएर । तर, जति बेला उनले ऋण लिएका थिए त्यति बेलामा बैंकले धितो राखेको गाउँको जग्गा खान्छ, जोगी हुनुपर्छ, लिलामीको विकल्प छैन भन्ने कुरा उनले धेरै सुनेका थिए । यस्ता प्रतिक्रीयाका बाबजुत कृषि विकास बैंकले दिएको पैसा उनले सहि ठाउँमा लगानी गर्ने र त्यसबाटै व्यवसायलाई उकास्ने भन्ने उनको ठूलो सपना थियो ।

बूढानीलकण्ठस्थित गणेशचोक-२ मा जग्गा लिन उनले वि.स.२०७२ सालमा १० लाख लिएका थिए । त्यस्तै, घर बनाउँन पनि ३४ लाख रुपैयाँ बैंकबाट कर्जा लिएका थिए । हाल केपी फल उद्योग नामको उद्योग चलाएका छन् जहाँ ४० जनाले काम गरिरहेका छन् । सुरुमा चक्रपथ सल्लाघारीमा रहेको आफ्नो उद्योलाई उनले वि.स.२०५८ सालबाट गणेश चोकमा सारेको सुनाए ।

कर्जाका लागि बैंकलाई धन्यवाद

आफूले बैंकले ऋण दिँदा पनि त्यसको विश्वास जनताले नगर्ने बेलामा कर्जा लिएको बताए । त्यस्तै, बैंकबाट जुन प्रयोजनको लागि ऋण लिएको हो त्यही मार्गमा पैसा खर्च गरेमा कसैलाई पनि ऋण तिर्न गाह्रो नहुने उनको अनुभव छ।

त्यस्तै, व्यवसायको राम्रो अवस्था देखिएमा व्यवसायीलाई चाहिने ऋण बैंकले थप्नु पर्ने बताएका छन् । हाल ५६ वर्षका उनले आफू स्वयम समेत आफ्नो उत्पादन बनाउँने बताउँछन् । दक्षिणकाली,सिन्धुपाल्चोक,नुवाकोटबाट लप्सी ल्याएर चिनी र नुन, खोर्सानी मिसाएर आफूहरुले तितौरा बनाउँने बताए । व्यवसाय सुरु गर्दाका बखत आफ्नो आफ्नो आम्दानी निकै कम रहेको बताए ।

कृषि विकास बैंकका एक हाकिम दिपक रेग्मीले बूढानीलकण्ठमा आफ्नो गाउँको जग्गा धितो राखेर ऋण दिएकाले आज आफू यो स्थानमा पुगेको उनले सुनाएका छन् । सानो पुँजीमा व्यवसाय सुरु गर्दा ९० हजार एकै पटकमा बिलाएको उनले सम्झिए । आफूसँग स्टक सामान नरहेको र बजारको माग बढ्न थालेको सम्झिए । उनले २ वर्ष घाटा सहेर पनि आफूले यही उद्योग संचालन गरेको बताए ।

त्यति बेला आफूले तितौरा उद्योग बन्द गरेको भए आफूलाई गाउँ जानुको विकल्प नरहेको उनले सुनाएका छन् । त्यस्तै, आज पनि उनलाई लाग्ने गरेको छ त्यति बेलामा उनले आफ्ना बच्चाहरुलाई गाउँ लानु पर्ने बाध्यता हुन्थ्यो । आज उनीसँग प्रत्यक्ष रोजगारी गर्नेहरुको संख्या ४० छ भने सिजनको बेलामा त्यही संख्या १०० सम्म पुग्ने गरेको छ । कुनैदिन कृषि विकास बैंकले ऋण दिएकाले आज आफूले धेरै जना आफन्तलाई ऋण दिन सक्ने क्षमता बनाएको अनुभव पनि उनले सुनाएका छन् । यो चानचुने कुरा होइन । एक त उनले केही नयाँ सुरुवात गरे भने अर्को उनले त्यसमा सफलता पनि पाए ।

तर, जागिर नगरी व्यसाय कसरी लाग्नु भयो भन्दा उनले थोरै पैसा लाग्ने र थोरै नाफा हुने व्यवसायको रुपमा तितौरा व्यवसाय हेरेका थिए । अरुमा भन्दा कम लगानीमा सुरु गर्न सकिने व्यवसाय भएकाले उनले कुनै दिन फर्निचर व्यवसाय नगरी तिरौरा व्यवसायमा लाग्न सुरु गरेका थिए । आज उनी यही व्यवसायम जमेका छन् । काठमाडौं मुख्य व्यापार थलो भए पनि उनका उत्पादन पोखरा, चितवन, हेटौडा, दार्जिलिङ लगायत देशका विभिन्न स्थानमा बिक्री वितरण भइरहेको छ । त्यसरी नै नेपाल बाहिर पनि अस्ष्ट्रेलिया लगायत केही देशमा आफ्नो उत्पदान पुग्न सुरु गरेको उनले सुनाए । हाल विभिन्न किसिमका लामा तितौरादेखि क्याण्डीहरु बनाएर उनले बेच्दै आएका छन् । अरु व्यवसाय गर्न आठ, दश लाख रुपैयाँ नै लाग्ने भन्दै उनले आफूले रोजेको व्यवसाय पनि राम्रो सफलता मिलेको बताए ।

कृषि विकास बैंकको त्यो मिठो साथ

मानिसको जीवनमा कुनै पनि बेला यस्तो अवस्था आउँन सक्छ जहाँ उनलाई आफ्नै नजिककाले पनि आर्थिक रुपमा नपत्याउँन सक्छन् । त्यस्तो अवस्थामा कहाँ जाने के गर्ने भन्ने जोकोहीलाई लाग्ने गर्छ । तर, उनलाई त्यति धेरै समस्या परेन् । त्यसको एक मात्रै कारण कृषि विकास बैंकको आर्थिक सहयोगले गर्दा हो । उनले आफूले तत्कालिन समयमा बैंकबाट आएको ऋणलाई बैंकले दिएको मिठो साथको रुपमा समेत स्मरण गर्न रुचाएका छन् ।

२६ वर्षदेखि एउटै व्यवसाय अँगालेका उनले पहिले आफूले पैसा माग्नु पर्ने भए पनि अहिले आफ्ना धेरै आफन्तहरुले आफैसँग लोन माग्ने गरेको सुनाए । उनलाई अर्को ठूलो खुशी आफ्ना सन्तानहरुलाई पढाएकोमा लागेको छ । सम्पत्ती भन्दा शिक्षा दिनु सन्तानका लागि ठूलो कुरा हो भन्ने उनलाई लागको छ । उनले लप्सी लगायतका समानहरु एक वर्षका लागि एकै पटक किन्नु पर्ने बाध्यता रहेको सुनाए । आफ्नो व्यवसाय वार्षिक रुपमा ग्रोथमा नै रहेको उनले जानकारी दिए । अहिले चिनी लगायत अन्य सामानहरुको पनि भाउ बढेकाले आफूलाई उत्पादन लागतमा पनि समस्या भएको बताए ।

स्वदेशमा केही गरौं

मिहिनेत गर्नेलाई यही धेरै छ भन्दै उनले मैले यस्तो काम गर्न हुन्न ठूलो काम चाहिन्छ भन्नेले धेरै समस्या निम्त्याएको

बताएका छन्। पढ्नका लागि आफ्नै छोरी विदेश गए पनि उनले मास्टर्स डिग्रीपछि नेपाल फर्किन उनले सल्लाह दिएका छन् । थोरै राजनैतीक स्थिरताका कारण व्यवसायीलाई धक्का पर्ने गरेको र सरकारले व्यवसायीलाई गरिखान दिनुपर्ने पनि उनको भनाई छ । त्यसरी नै एउटै व्यवसामा सबैजना लाग्नु भन्दा व्यापारमा नयाँ सम्भावना खोज्दा सफलता मिल्ने उनी सुनाउँछन् ।

आफूले करिब ४,५ जनाबाट सुरु गरेको व्यवसाय आज सिजनको बेलामा १०० जनालाई रोजगारी दिन सफल भएको देख्दा उनलाई खुशी लाग्ने गरेको छ । गुरुङले यस्तो स्थानमा पुर्याउन आर्थिक सहयोग गरेकोमा कुराकानीको अन्त्यमा कृषि विकास बैंकको अमूल्य योगदानको पुन तारिफ गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?