काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३९.२८ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेर ८ अर्ब ८ करोड ४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आथिैक वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेर १ अर्ब २२ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशत बढेर १० अर्ब ४९ करोड २९ लाख रुपैयाँ, सञ्चालन नाफा २६.०७ प्रतिशत बढेर ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १९.७५ प्रतिशत बढेको छ भने कर्जा लगानी ०.९३ प्रतिशत घटेको छ।


































