National life

कृषि विकास बैंकले संचालन गर्यो ग्लोबल मनी विक कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
691Shares
कृषि विकास बैंकले संचालन गर्यो ग्लोबल मनी विक कार्यक्रम
ncell

काठमाडौं । सन् २०१२ देखी मार्च महिनामा संसार भरी मनाउदै आएको साक्षरता कार्यक्रमको एउटा हिस्साको रुपमा (ग्लोबल मनी विक) सन्दर्भमा कृषि विकास बैंक लि. वागमती प्रदेश कार्यालय, गोशाला काठमाण्डौको संयोजनमा शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालीकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा ग्लोबल मनी विकको पहिलो दिनेको वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा वित्तीय साक्षताका सम्वन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिंग सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका सम्वन्धमा बैंकका उप महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले प्रकाश पारेका छन् । उनले विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी प्रदान गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन् २०१२ देखी संचालन हुँदै आएको यस कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरीका १ सय ७६ मुलुकका ४० हजार संस्थाहरुको संग्नता मार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् । बैंक तथा वित्तीय संस्थामार्फत कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्रा ग्रेट मनीका माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ ।

कार्यक्रम सर्वमंगला माध्यमीक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा संचालन भएको थियो भने सोही कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडल, पाँचखाल नगरपालीका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंकमार्फत कारोवार गर्नुको फाइदाका सम्वन्धमा प्रकाश पारे । वागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मदुसुदन खकुरेलले संचालन गरको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रवन्धक विनोद कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?