National life

गणतन्त्र दिवस कार्यक्रममा प्रधानमन्त्रीको परम्परा तोडिँदै, राष्ट्रपतिलाई सम्बोधनको प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1.8kShares
गणतन्त्र दिवस कार्यक्रममा प्रधानमन्त्रीको परम्परा तोडिँदै, राष्ट्रपतिलाई सम्बोधनको प्रस्ताव
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने भएका छन्। उनले सो जानकारी राष्ट्रपति कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ, जहाँ राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ। परम्पराअनुसार प्रधानमन्त्रीले उक्त समारोहलाई सम्बोधन गर्दै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर यसपटक प्रधानमन्त्री शाहले उक्त कार्यक्रममा सम्बोधन नगर्ने निर्णय गरेको र सो अवसरमा राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरिएको स्रोतले जनाएको छ।

पत्रमा गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिले सम्बोधन गर्न उपयुक्त हुने भन्दै कार्यक्रम राष्ट्रपतिको सम्बोधनमा केन्द्रित गर्न सुझाव दिइएको बताइएको छ।

संविधानको धारा ६६ अनुसार राष्ट्रपतिको भूमिका र कर्तव्यसम्बन्धी व्यवस्था उल्लेख छ, जसअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कार्य गर्ने प्रावधान रहेको छ।

यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?