National life

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
530Shares
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
ncell

काठमाण्डौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रखर नेता खगराज अधिकारी नियुक्त भएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले ९आज० आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन्।

आज बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६ ८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए । अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसै गरी सबैभन्दा ठुलो दल नेपाली काँग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

मुख्यमन्त्री दाबीका लागि सभामुखको प्रयोग गर्नु असंवैधानिक भएको नेपाली काँग्रेसले बताएको छ । आइतबार अपराह्न मात्रै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोशी प्रदेशको नजिर स्मरण गराउँदै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?