National life

गत आर्थिक वर्षमा मात्रै १३ हजार बढी बैंकिङ कसुरका मुद्दा दर्ता, उपत्यकामा उच्च

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
623Shares
गत आर्थिक वर्षमा मात्रै १३ हजार बढी बैंकिङ कसुरका मुद्दा दर्ता, उपत्यकामा उच्च
ncell

काठमाडौँ। बैंकिङ कसुरका मुद्दा दैनिक रूपमा बढ्दै गइरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा १३ हजार भन्दा बढी यस प्रकारका मुद्दा दर्ता भएका छन् ।

गत आवमा १३ हजार २६३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । त्यसमध्येमा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौँ उपत्यकामा मात्रै ७ हजार ६६२ मुद्दा दर्ता भएका छन् ।

उपत्यका पछि दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । उक्त प्रदेशमा ११ हजार ८७ वटा मुद्दा दर्ता भएका छन् । भने क्रमश गण्डकीमा १० हजार ८२ वटा, मधेश प्रदेशमा १ हजार १६ वटा, कोशी प्रदेशमा १ हजार चार वटा , बागमती ७ सय ३८ वटा , शुदूर पश्चिममा २ सय ९७ वटा र कर्णालीमा २ सय ८६ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाकारी दिएको छ।

गत आवमा सबैभन्दा धेरै दर्ता भएका अपराधहरूमा बैंकिङ कसुर नै पहिलो रहेको छ । त्यसबाहेक सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध १० हजार ७५६ मुद्दा दर्ता भएका छन् । तीन हजार ७५८ वटा चोरीका मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?