काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा ३ अर्ब ९३ करोड बराबरको साधारण शेयर (आईपीओ) निष्काशन भएको छ । भने २४ अर्ब ४२ करोड बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८१–८२ को तथ्यांक अनुसार रु १३ अर्ब २३ करोड बराबरको हकप्रद शेयर, रु १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु ११ करोड २० लाख बराबरको एफपीओ र रु ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु ३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
साथै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु १५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, रु १५ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, र रु १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र रु ३ अर्ब ९३ करोड बराबरको साधारण शेयर गरी कूल रु ४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।


































