National life

गभर्नर नियुक्तिमा नयाँ मोड : गुणाकरको राजीनामा रोकिँदा ज्ञानेन्द्रलाई लाभ, ढुङ्गानाको नयाँ चाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
702Shares
गभर्नर नियुक्तिमा नयाँ मोड : गुणाकरको राजीनामा रोकिँदा ज्ञानेन्द्रलाई लाभ, ढुङ्गानाको नयाँ चाल
ncell

काठमाडौँ । महिना दिनसम्म लम्बिएको राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले अन्ततः नयाँ मोड लिने संकेत गरेको छ । गभर्नरका लागि दौडमा रहेकाहरूको रोचक प्रतिस्पर्धाले परिस्थितिमा नयाँ मोड सृजना भएको देखिएको छ ।

गभर्नरकै कारण सत्ता गठबन्धन फेरबदल हुनेसम्मको चर्चा चलिरहेको समयमा एमाले र काँग्रेसले गभर्नर नियुक्तिमा सहमति जुटाएका थिए। एमाले र काग्रेसले प्याकेजमा सहमति गर्ने क्रममा गभर्नर कांग्रेसको कोटाबाट नियुक्त गर्ने सहमति भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काँग्रेसले गभर्नर पाउने भएपछि नेपाल प्रहरीको एआईजी बढुवा भने एमालेले चाहेअनुसार गर्ने गरी सहमति भएको थियो ।

गभर्नरका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरेको भए पनि अन्तिम समयमा आएर नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुङ्गानाको चर्चा एकाएक चुलिएको छ ।

एमालेसँग सहमति जुटेपछि देउवाले भट्टसँग छलफल पनि गरेका थिए। स्रोतको भनाइमा कांग्रेस पदाधिकारी र मन्त्रीसहितको बैठक बस्नुअघि देउवाले भट्टसँग छलफल गरेका थिए । उक्त छलफलका क्रममा भट्टलाई गभर्नरको ‘ग्रीन सिग्नल’ दिएका थिए ।

गभर्नर छनोट समितिले तीन जनाको नाम सिफारिस गर्दा डेपुटी गभर्नरमध्ये एक जनालाई सिफारिस गर्नुपर्ने हुन्छ । सोही कारण कार्यकारी निर्देशकलाई सिफारिस गर्न मिल्ने वा नमिल्ने भन्ने प्रस्ट व्यवस्था नभएका कारण भट्टले राजीनामा दिएर उम्मेदवार भएको चर्चा छ तर यता अन्तिम समयमा आएर ढुङ्गानाको चर्चा बाहिरिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको अहिले राजीनामा कामु गभर्नर निलम ढुङ्गानाले रोकेकी छिन् । ढुङ्गाना स्वयम् पनि गभर्नरको दौडमा थिइन् । उक्त दौडमा रहेकी ढुङ्गानालाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रयास गरेका थिए । उनले वचन नै दिएको चर्चा पनि छ । आफू गभर्नर हुन नपाउने भएपछि ढुङ्गानाले भट्टको राजीनामा स्वीकृत नगरेको चर्चा चलिरहेको समयमा ढुङ्गानाको नाम अगाडि आएको एक स्रोतले जनाएको छ ।

ढुङ्गानाले भट्टको राजीनामा कामु गभर्नर स्वीकृत गर्न नमिल्ने भनेर अड्काउन खोजेकी छिन् । त्यही कारणले गभर्नर नियुक्ति प्रक्रियाले नयाँ मोड लिएको छ । ढुङ्गानाले अड्काउन खोजेका कारण ज्ञानेन्द्रको प्रवेश भएको स्रोतको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?