National life

गभर्नर नियुक्ति प्रक्रिया लम्बिएसँगै विरोधको घेरामा सरकार, खतिवडालाई अघि सार्दै प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
884Shares
गभर्नर नियुक्ति प्रक्रिया लम्बिएसँगै विरोधको घेरामा सरकार, खतिवडालाई अघि सार्दै प्रधानमन्त्री
ncell

काठमाडौँ। राजनीतिक रूपमा दबाब परेको जिकिर गर्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि गठित सिफारिश समितिको सदस्यबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले मङ्गलवार राजीनामा दिएका छन् । त्यसैको अघिल्लो दिन (सोमबार) मात्रै शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी विरोधको घेरामा परेको छ ।

गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद् निर्णयबाट १० चैतमा गठित सिफारिस समितिको बैठक एक महिना बित्दासम्म बस्न नसकेपछि सिफारिस समिति माथि एकपछि अर्को प्रश्न उठिरहेको समयमा राजनीतिक हस्तक्षेप भएको भन्दै पूर्व गभर्नर भट्टराईले राजीनामा दिएपछि यो विषय थप तातिएको छ । उता शिक्षा मन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको भनिए पनि प्रधानमन्त्रीकै कारण काम गर्ने वातावरण नभएको कारण बाहिरिएको उच्च स्रोतको दाबी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ को उपदफा २ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्ले १० चैतमा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । त्यसपछि गभर्नर नियुक्तिका लागि राजनीतिक सहमति भइसकेको सूचना बाहिरी पनि नियुक्ति प्रक्रियामा देखिएको आनाकानीको कारण नियामक निकायको नियुक्ति प्रक्रिया विवादित बन्दै गिजोलिँदै, लम्बिँदै जाने अभ्यासले निरन्तरता पाएको भन्दै सरकारको काम र पारदर्शिता माथि थप प्रश्न उठेको छ ।

राजनीतिक दल तथा सत्ताधारीहरूले नियामक निकाय तथा ठुलो पदको नियुक्तिसँग मोलमोलाइ गर्ने तथा राजनीतिक स्वार्थका कारण नियामक निकायमा योग्य व्यक्तिको नियुक्ति हुन नसक्ने भन्दै चौतर्फी विरोध चुलिएको छ । गभर्नर नियुक्तिमा विषयमा समेत जसले मोटो रकम दिन्छ र राजनीतिक संरक्षणबाट आएको हुन्छ उही नै गभर्नर हुने विषयमा दुई मत नभएको वित्त विश्लेषकहरूको धारणा छ ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति प्रक्रिया महिना दिनदेखि अल्झिनु लाजमर्दो स्थिति रहेको जानकारहरूको भनाई छ । शक्ति र सामर्थ्यको भरपुर दुरुपयोग गरेर समेत राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गरिनु सरकारको अपरिपक्वता प्रस्ट भएको जानकारहरुको धारणा छ । कांग्रेस सभापति शेरबहादुर देउवा गभर्नर पदका लागि करिब करिब टुङ्गिएको पदमा समेत फेरि विवाद बढेको छ ।

लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाएका छन् ।

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा गुणाकर भट्टलाई बनाउन ओली र देउवाबिच सहमति जुटेको थियो । तर नियुक्ति प्रक्रिया सुरु हुन नपाउँदै भट्टलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर भएपछि उनको नियुक्ति तत्कालको लागि रोकिएको छ। भट्टलाई गभर्नर बन्ने निश्चित जस्तो भएसँगै भएपछि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

भट्टको नियुक्ति रोकिएसँगै राष्ट्र बैंक अझै केही समय कायममुकायमको नेतृत्वमा चल्नुपर्ने अवस्था आएकोले सरकारमाथि गभर्नर छिटो नियुक्त गर्नुपर्ने दबाब छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर बिदा भइसकेका छन् र अहिले राष्ट्र बैंक कामु गभर्नरको नेतृत्वमा चलिरहेको छ ।

भट्टको नियुक्ति प्रक्रिया अदालती झमेलामा अल्झिएपछि प्रधानमन्त्री ओलीले आफ्ना प्रिय पात्र युवराज खतिवडालाई आगामी गभर्नर बनाउने चाहाना व्यक्त गरेको स्रोतको भनाई छ । गभर्नर नियुक्ति प्रक्रियामा अवरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि गभर्नर भइसकेका युवराज खतिवडालाई अघि सार्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?