काठमाडौँ । नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरूको जिम्मेवारी फेरबदल गरेका छन् । निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रको जिम्मेवारीमा हेरफेर भएको हो ।
नवनियुक्त गभर्नर पौडेलले अघिल्ला गभर्नर महाप्रसाद अधिकारीका पालामा दिइएका विभागहरू नै अहिलेका डेपुटी गभर्नरहरूलाई दिएका हुन्।
ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, प्रदेशस्थित कार्यालयहरू, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग फिर्ता पाएकी छिन्।
यता अर्का डेपुटी गभर्नर मिश्रको भागमा आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, बैंकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संशोधन विभाग र वित्त व्यवस्थापन विभाग जिम्मा लगाइएको छ ।
ढुङ्गाना कामु गभर्नर हुँदा उनले आफूसँग गभर्नरको कार्यालय, आन्तरिक लेखा परीक्षण, वित्तीय जानकारी इकाई र कानुन महाशाखा राखेकी थिइन्। बाँकी सबै विभाग र महाशाखाहरू डेपुटी गभर्नर बमबहादुर मिश्रको भागमा लगाइएको थियो ।


































