National life

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, पहिलो प्राथमिकता विद्यमान संस्थापकलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.7kShares
गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, पहिलो प्राथमिकता विद्यमान संस्थापकलाई
ncell

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयरको बिक्री प्रक्रिया अगाडि बढाउने भएको छ। बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो सेयर बिक्रीको लागि आवेदन दिएका थिए।

बैंकले प्राप्त आवेदनअनुसार कुल ६३ हजार १३१.८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको नियम अनुसार, यस सेयर बिक्रीमा पहिले विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइनेछ। यदि संस्थापक सेयरधनीले सेयर खरिद गर्न इच्छुक नहुने वा बिक्री प्रक्रिया पूरा नहुने अवस्थामा मात्रै बाँकी सेयर अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री गरिनेछ।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने बैंकको अनुरोध छ।

यदि तोकिएको समयभित्र कोही निवेदन पेश नगरे, बैंकले नियमानुसार अन्य व्यक्तिहरू वा संस्थाहरुलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाउनेछ। थप जानकारीका लागि इच्छुक व्यक्तिहरू बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?