National life

ग्राहकको मोबाइलबाट नै पैसा हराएको हो, हाम्रो सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० जेठ २०८०, बुधबार
1.2kShares
ग्राहकको मोबाइलबाट नै पैसा हराएको हो, हाम्रो सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक
ncell

काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै मोबाइलबाटै हराएको बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्तो बताएको हो ।

ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंकहरु र खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ ।

‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पुर्ण एसएसमएस एक्टिभेसन कोड तथा ओटिपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’ बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध पनि गरिसकेको जनाएको छ ।

बैंकले ग्राहकहरुको खातामा रहेको पैसा सुरक्षित रहेको बताउँदै डिजिटल बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?