National life

ग्राहकलाई वित्तीय शिक्षामा सचेत गराउँदै गणपति लघुवित्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1.2kShares
ग्राहकलाई वित्तीय शिक्षामा सचेत गराउँदै गणपति लघुवित्त
ncell

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय छिन्चु, सुर्खेतले एकदिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोष अन्तर्गत सञ्चालन गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य संस्थासँग आबद्ध ग्राहक सदस्यहरूलाई वित्तीय ज्ञान, सचेतना र जिम्मेवार आर्थिक व्यवहारबारे जानकारी प्रदान गर्नु रहेको संस्थाले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा भेरीगंगा नगरपालिका–१० का वडाध्यक्ष वीरबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपेन्द्रप्रसाद सापकोटाले सहजीकरण गरेका थिए।

कार्यक्रममा ३४ जना महिला सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र नं. १०९ की सदस्य डल्लीकुमारी सिंहले गरेकी थिइन् भने सञ्चालन शाखाकी सहायक सविता शाहीले गरेकी थिइन्।

शाखा प्रबन्धक उद्यवराज बजगाईका अनुसार वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन केन्द्रलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट व्यवसाय सञ्चालन गर्ने सदस्य र उच्च बचत गर्ने सदस्यलाई पनि कदरपत्र प्रदान गरी सम्मान गरिएको जानकारी दिइएको छ।








यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?