National life

ग्लोबल आइएमई लघुवित्तको नाफामा १२१ % को वृद्धि, ईपीएस नेटवर्थ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
549Shares
ग्लोबल आइएमई लघुवित्तको नाफामा १२१ % को वृद्धि, ईपीएस नेटवर्थ कति ?
ncell

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको नाफा दोब्बरले वृद्धि भएको हो।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२१.९१ प्रतिशतले धेरै हो।

Royal Enfield
nic asia capital
लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

साथै,गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी समेत ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट बढेर ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको सञ्चालन नाफा अघिल्लो वर्ष १८ करोड ३८ लाख रुपैयाँ रहेकोमा गत वर्ष ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.१६ रुपैयाँबाट दोब्बर भन्दा धेरैले बढेर ३८.११ रुपैयाँ कायम भएको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ । चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?