National life

घरघरमा डाक्टरको बैंकिङ कारोबार गर्दै कृषि विकास बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
626Shares
घरघरमा डाक्टरको बैंकिङ कारोबार गर्दै कृषि विकास बैंक
ncell

काठमाडाैं । कृषि विकास बैंकले व्यासायिक विविधता कायम गर्दै बैंकिङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ। कृषि र विकास जोडिएको बैंकले आधुनिक बैंकिङका सबै सेवाहरु प्रवाह गरिरहेको छ।

सरकारी बैंकहरुमा कृषि कर्जाका लागि उत्कृष्ट रहेको बैंकले गैरकृषि व्यवसायमा समेत दक्षता हासिल गरी कार्य गरिरहेको छ। प्रतीतपत्र, बैंक जमानत, सुन खरिदबिक्री, विदेशी मुद्रा कारोबारलगायत सबै प्रकारका विद्युतीय बैंकिङ व्यावसायमा अग्रसर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालै बैंक र घर–घरमा डाक्टर प्रालिबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ। घरघरमा डाक्टरले रोग निधान तथा प्रतीरक्षाका लागि सरसल्लाहसहितको उपचारको प्रबन्ध गर्दछ भने कृषि विकास बैंकले घरघरमा डाक्टरका ग्राहकहरुको रु. ५ लाखको दुर्घटना बीमासहितको बैंक खाता खोली कारोबारमा सहजता कायम गर्दछ।

घरघरमा डाक्टरका अध्यक्ष हेमा जीसी र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्योपानेले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत सुरुआत गरेका छन्। सम्झौतापत्र आदन–प्रदान गर्दै घरघरमा डाक्टरका अध्यक्ष जीसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको र यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्नसकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने कुरा व्यक्त गरे।

कृषि विकास बैंकसँग कारोबार गर्दा थप गौरव महसुस गर्दै अध्यक्ष जीसीले आजको सरकारी बैंक अन्य निजी क्षेत्रका बैंकभन्दा अब्बल रहेको र बैंकिङ कारोबार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंकसँग बैंकिङ कारोबार गर्न घरघरमा डाक्टर तत्पर रहेको उल्लेख गरे।

बैंकका उपमहाप्रबन्धक न्यौपानेले घरघरमा डाक्टरका देशभरि रहेका सेवाग्राही र कर्मचारीको तलब बचत खातालगायत कर्जा, बैंक जमानत तथा प्रतीतपत्र कारोबारसमेत बैंकले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गरे। उनले बैंक सधैँ ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको बताए।

बैंकिङ बजारमा सरकारी बैंकको कारोबारका सम्बन्धमा सकारात्मक धारणा सिर्जना हुँदै गइरहेको र सरकारी बैंक नै देशको बैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्बन्धलाई थप मजबुत बनाई दिगो प्रभावकारी कारोबार गर्ने प्रतिबद्धता न्यौपानेले व्यक्त गरे।

यो सम्झौतामा बैंकले घरघरमा डाक्टरका सेवाग्राहीको रु ५ लाखबराबरको दुर्घटना बीमासहितको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टरका कर्मचारीका लागि विनाधितो कर्जा दिनेछ। यसका अतिरिक्त तलब खातामा बैंकका विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेछ।

घरघरमा डाक्टरले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ।

सम्झौता समारोहमा बैंकका ब्रान्ड एम्बेसेडर जितु नेपाल, बैंकको मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख वीना शर्मा, सेन्ट्रल अपरेसन विभागका विभागीय प्रमुख मीनराज पोखरेललगायत घरघरमा डाक्टरका कर्मचारी र बैंकको मार्केटिङ तथा सेल्स विभागका कर्मचारीको उपस्थिति थियो।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?