National life

घुस लिनेदिने दुवैलाई भ्रष्टाचारको मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
516Shares
घुस लिनेदिने दुवैलाई भ्रष्टाचारको मुद्दा दायर
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेदिने दुवैलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा कार्यरत करारका कर्मचारी प्रदीप भट्टराई र उनलाई घुस दिने सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको हुँदा प्रचलित कानून बमोजिम कारबाही हुन भन्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्ररउजुरीका सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाईएको अख्तियारको भनाइ छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सँगै सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?