National life

ङादी ग्रुप पावरको ८ लाख ७३ हजार कित्ता सेयर लिलामी खुला, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
637Shares
ङादी ग्रुप पावरको ८ लाख ७३ हजार कित्ता सेयर लिलामी खुला, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । आज फागुन २० गते मंगलबारदेखि ङादी ग्रुप पावरले ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् ।

कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागु २८ गतेसम्म रहेको छ ।

यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । काठमाडौँ सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंककै नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?