National life

चितवन-२ मा रविको दबदबा, प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.3kShares
चितवन-२ मा रविको दबदबा, प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि
ncell

काठमाडौं। । चितवन जिल्ला-२ मा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा रवि लामिछाने दोब्बरभन्दा बढी मतान्तरसहित अग्रस्थानमा देखिएका छन्।

हालसम्म १२ हजार १९६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछानेले ५ हजार ४७५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार अस्मिन घिमिरे ले २ हजार २५१ मत प्राप्त गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी नेपाली कांग्रेस की उम्मेदवार मीनाकुमारी खरेल ले २ हजार ५३ मत ल्याएकी छन्। नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रताप गुरूङ ले १ हजार ५३१ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनाबाटै लामिछानेले उल्लेख्य अग्रता कायम गरेका छन्। हालसम्मको मतपरिणाम हेर्दा उनले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बरभन्दा बढी मतान्तर बनाएका छन्।

निर्वाचन आयोगका अनुसार यस निर्वाचन क्षेत्रमा कुल ८७ हजार २२१ मत खसेको थियो। मतगणना अझै जारी रहेकाले आगामी चरणमा मतपरिणाममा थप परिवर्तन आउन सक्ने सम्भावना छ। चितवन–२ मा विभिन्न दलका शीर्ष नेताहरू प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा समेत चासोका साथ हेरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?