National life

छिमेक लघुवित्तको नाफामा १७.३३ % ले वृद्धि, अधिकांश सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
855Shares
छिमेक लघुवित्तको नाफामा १७.३३ % ले वृद्धि, अधिकांश सूचकमा देखियो प्रगति
ncell

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सामान्य बढेको छ। संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १७.३३ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।लघुवित्तको खुद ब्याज आम्दानी सामान्य घटे पनि इन्मेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३८.१७ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.५० प्रतिशत बढेको छ । त्यस्तै, सञ्चालन मुनाफा १७.५७ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २४ करोड ८ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर ३१ रुपैयाँ ८४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.६७ गुणा रहेको छ।

३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९९ रुपैयाँ ४४ पैसा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?