काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ भदौ १६ गतेबाट सुरु गर्ने भएको छ । माओवादी केन्द्रले शुक्रवार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् ।
कार्यक्रम अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाउनेछ । त्यसरी खटिने नेताहरूले कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष संवाद गर्ने र उक्त अभियानमार्फत आठ लाख पार्टी सदस्यता पुर्याउने माओवादीको तयारी छ ।
यस्तो छ नेताहरूको जिम्मेवारी :






































