National life

जनतासँग सीधा सम्पर्क गर्न रास्वापाले ताेक्यो सम्पर्क व्यक्ति (नम्बर सहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
545Shares
जनतासँग सीधा सम्पर्क गर्न रास्वापाले ताेक्यो सम्पर्क व्यक्ति (नम्बर सहित)
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ। नागरिकसँग सीधा सम्पर्क गर्न भन्दै रास्वपाले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको हाे ।

देशभरका सचेत नागरिकहरूले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको रास्वपाले जनाएकाे छ । साथै अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देशहरू ह्वाट्सएपमा पठाउन र जवाफको प्रतीक्षा गर्न पनि रास्वपाले अनुराेध गरेकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘तमाम नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकहरूले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको बेहोरा सबैलाई विनम्र सूचीत गर्दछौँ’, रास्वपाले भनेको छ, ‘अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देशहरू ह्वाट्सएपमा पठाउन र जवाफको प्रतीक्षा गर्नुहुन आम शुभेच्छुक नागरिकसंँग अनुरोध गर्दछौँ।’

कुन जिल्लाका लागि को सम्पर्क सांसद ? (फाेन नम्बरसहित)

१. रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता

२. डोलप्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली

३. विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान

६. मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा. स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा. चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु

१६. लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके

१७. अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की

१९. बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. विन्दबासिनी कंसाकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?