काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले कम्पनीहरुले जारी गर्दै आएको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन,२०८१ जारी गरेको छ। प्राधिकरणले निर्जिवन र जीवन बीमकको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको हो।
प्राधिकरणले बीमकले जारी गर्ने घातक रोग सम्बन्धी पूरक करार व्यवस्थित कायम गर्न वाञ्छनीय भएकाले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको खुलाएको छ। प्राधिकरणले बीमा कम्पनीहरुको लागि घातक रोग वापतको बीमांकमा सीमा तोकिदिएको छ ।
यता,निर्जिवन बीमा कम्पनीहरुले घातक बीमालेख जारी गर्दा यस बीमालेख जारी गर्दा पर्याप्त मात्रामा जोखिमाङ्क बीमा गनुपर्ने प्राधिकरणले जनाएको छ। उपदफा १ बमोजिम जोखिमाङ्कन गर्दा विगतको बीमितको स्वास्थ्य रिर्पोट, वतर्मान स्वास्थ्य अवस्था, जीवनशैली लगायत बिषयलाई आधार मानेर गर्नुपर्ने प्रावधान यस बीमा योजनामा रहेको छ भने बीमालेख तयार गर्दा बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको दश रोगहरु अनिवार्य रुपमा समावेश गनुपर्ने व्यवस्था रहेको छ ।
निर्जिवन बीमा कम्पनीहरुले बीमाङ्क रकमको अधिकतम २० लाख रुपैयाँसम्म कायम गनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ। सार्वजनिक भएको सूचना अनुसार निर्जिवन बीमा कम्पनीहरुले घातक रोग वापतको खर्च रकम दाबी गर्दा सम्बन्धीत रोगको विशेषज्ञ, चिकित्सकद्धारा अनुसूची १ बमोजिम घातक रोग हो भनी प्रमाणित गरेको कागजात पेश गनुपर्ने व्यवस्था गरिएको छ।
बीमकले न्यूनतम तीस दिन र अधिकतम नब्बे दिनको प्रतिक्षा अवधि राखी बीमालेख जारी गर्न पाउने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ। उपदफा १ बमोजिमको प्रतिक्षा अवधि समाप्त भएपश्चात जोखिम प्रारम्भ हुनेछ।
उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमितले सोही बीमकसँग बीमालेख निरन्तरता गर्न चाहेमा प्रतिक्षा अवधि लागु हुने छैन । बीमितले एक बीमकमा बीमा गरी बीमा अवधि कायम रहेको अवस्थामा उक्त बीमकमा बीमालेख नवीकरण नगरी अर्को बीमकमा बीमा गर्न चाहेमा समेत दोस्रो बीमकले प्रतिक्षा अवधि नराखी बीमा गर्नु पर्नेछ। तर, एक बीमकमा बीमा गरी बीमा अवधि समाप्त भएको अवस्थामा सोही बीमक वा अर्को बीमकमा प्रतिक्षा अवधि राख्न बाधा पर्ने छैन ।
जीवन बीमा कम्पनीहरुले घातक बीमालेख जारी गर्दा यस बीमालेख जारी गर्दा पर्याप्त मात्रामा जोखिमाङ्क बीमा गनुपर्ने प्राधिकरणले जनाएको छ। जसमा उपदफा १ बमोजिम जोखिमाङ्कन गर्दा विगतको बीमितको स्वास्थ्य रिर्पोट, वतर्मान स्वास्थ्य अवस्था, जीवन शैली लगायत बिषयलाई आधार मानेर गनुपर्ने प्रावधान यस बीमायोजनामा रहेको छ। बीमालेख तयार गर्दा बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको दश रोगहरु अनिवार्य रुपमा समावेश गनुपर्ने व्यवस्था रहेको छ ।
जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करारको बीमाङ्क रकम अधिकतम एक करोड रुपैयाँसम्म कायम गर्न पाउनेछन् । जसमा प्रत्यके पूरक करारको अधिकतम बीमाङ्क रकम बीमालेखको बीमाङ्क रकम भन्दा बढी नहुने गरी कायम गनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, बीमाशुल्क रकम बीमाङ्कीले तयार गरेको टिप्पणीमा उल्लेख भए बमोजिम हुने व्यवस्था रहेको छ ।
बीमितले जीवन बीमा कम्पनीहरुमा घातक रोग अन्तर्गत बीमा दाबी गर्दा विशेषज्ञ चिकित्सक अनुसूची १ बमोजिमको घातक रोग हो भनी प्रमाणित पेश गनुपर्ने हुन्छ । डाक्टरको सिफारिस, घातक रोग प्रमाणित भए बीमकले पूरकम करार बमोजिमको एकमुष्ठ बीमाङ्क रकम दाबी भुक्तानी गनुपर्ने हुन्छ । साथै,दाबी-भुक्तानी सम्बन्धी अन्य प्रकृया प्राधिकरणबाट जारी भएकाले बीमा दाबी भुक्तानी मार्गदर्शन बमोजिम हुने व्यवस्था रहेको छ ।
बीमा कम्पनीहरुले न्यूनतम ३० दिन र अधिकतम ९० दिनसम्म प्रतिक्षा अवधि राखी बीमालेख जारी गर्न पाउने व्यवस्था गरिएको सूचना नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको हो ।

































