National life

सेयर बजारमा ७ अर्बको कारोबार, सर्वाधिक किनबेच हुने कम्पनी कुन–कुन?

कारोबार भएका कम्पनीमध्ये १३७ वटाको सेयर मूल्य बढेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
388Shares
सेयर बजारमा ७ अर्बको कारोबार, सर्वाधिक किनबेच हुने कम्पनी कुन–कुन?
ncell

काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २,६५४.२८ अंकमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल २ करोड १५ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १३७ वटाको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ७.७५ प्रतिशत, मैलुङ खोला जलविद्युत्को ५.६३ प्रतिशत, माण्डु हाइड्रोपावरको ५.४३ प्रतिशत र एभरेस्ट बैंक डिबेन्चरको ४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ।

त्यसैगरि, हाथ्वे इन्भेष्टमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

हिमालयन डेष्टिलरीको ४० करोड ३६ लाख, घलेम्दी हाइड्रोको २२ करोड १४ लाख, लिबर्टी इनर्जीको १९ करोड ९९ लाख, कुमारी बैंकको १८ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
388SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?