National life

६ अर्बभन्दा बढीको सेयर कारोबार, यी कम्पनीमा देखियो सबैभन्दा धेरै आकर्षण

आज बजारमा कुल २ करोड १६ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
376Shares
६ अर्बभन्दा बढीको सेयर कारोबार, यी कम्पनीमा देखियो सबैभन्दा धेरै आकर्षण
ncell

काठमाडौं । बुधबार सेयर बजारमा तीव्र गिरावट आएको छ। बजार सूचक नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा झरेको छ।

Royal Enfield
nic asia capital

आज बजारमा कुल २ करोड १६ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ। उक्त सेयर ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको हो।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। बुधबार २५३ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा २३ कम्पनीको मूल्य भने बढेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

यी कम्पनीको सेयर मूल्य बढ्यो

बजार घटे पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।

त्यस्तै, सीवाईसी लघुवित्तको ५.४४ प्रतिशत, निफ्रा ग्रीन इनर्जी डिबेन्चरको ५.०४ प्रतिशत, प्राइम डिबेन्चरको ३.८४ प्रतिशत तथा ग्लोबल आईएमई समुन्नत योजनाको सेयर मूल्य ३.७० प्रतिशतले बढेको छ।

त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३८ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स्को २१ करोड २५ लाख, हिमालयन डेष्टिलरीको २० करोड ५४ लाख, लक्ष्मी सनराइज बैंकको १८ करोड ८४ लाख, आँखु खोला जलविद्युतको १७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
376SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?