National life
cg eloctronics

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०६ असोज २०८३, मङ्गलबार
4.1kShares
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
muktinatha bikash bank

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनी चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिका गएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ।

महासभामा सहभागी हुन यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
4.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?