काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले रसुवामा गएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा सांसदहरूलाई जानकारी गराउने भएका छन् ।
प्रधानमन्त्रीले रसुवा बाढीको पछिल्लो अवस्था, सरकारले गरिरहेको उद्धार तथा राहतका काम र आगामी योजनाबारे संसद्मा ब्रिफिङ गर्ने सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

































