National life

संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरअघि पुग्यो कालो चस्मासम्बन्धी स्वास्थ्य रिपोर्ट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|०९ भदौ २०८३, मङ्गलबार
1KShares
संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरअघि पुग्यो कालो चस्मासम्बन्धी स्वास्थ्य रिपोर्ट
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा प्रयोग गर्नुपर्ने स्वास्थ्य परीक्षणसम्बन्धी रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहलाई कालो चस्मा आवश्यक पर्ने स्वास्थ्य परीक्षणको विवरणसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद्मा कालो चस्मा प्रयोग गर्ने विषयमा प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई जानकारी गराउँदै स्वास्थ्य कारण भए त्यसको प्रमाणस्वरूप परीक्षण रिपोर्ट उपलब्ध गराउनुपर्ने बताएका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले छाउनी अस्पतालमा आँखाको परीक्षण गराएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउन २२ गते गरिएको परीक्षणमा उज्यालो प्रकाशमा सामान्य आँखाले हेर्दा समस्या देखिन सक्ने भएकाले कालो चस्मा प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझाव दिइएको बताइएको छ। सोसम्बन्धी रिपोर्ट साउन २६ गते संसद् सचिवालयमा पठाइएको हो।

यसैबीच, बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई विभिन्न विषयमा प्रश्न गर्नेछन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न गर्न प्रत्येक महिनाको पहिलो हप्तामा बैठकको पहिलो एक घण्टा छुट्याउन सकिने व्यवस्था छ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीमा रहेको छ। कार्यक्रममा प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखसमक्ष प्रश्नको विषय लिखित रूपमा दर्ता गराउनुपर्ने प्रावधानअनुसार ११ सांसदले प्रश्न दर्ता गराएका हुन्।

सोही कार्यक्रमका लागि प्रधानमन्त्री संसद् भवनमा उपस्थित हुँदा स्वास्थ्य परीक्षणअनुसार कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्थासम्बन्धी पत्र संसद् सचिवालयमा पुगेको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?