National life

जीवन बीमा कम्पनीहरुले साउनमा संकलन गरे १९ अर्ब ६० करोड कुल बीमा शुल्क, कसको कति (सुचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
890Shares
जीवन बीमा कम्पनीहरुले साउनमा संकलन गरे १९ अर्ब ६० करोड कुल बीमा शुल्क, कसको कति (सुचिसहित )
ncell

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ५ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ३० दशमलव २१ प्रतिशतले बृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमा शुल्क आर्जन ५६५ प्रतिशतले बृद्धि भएको छ । प्रकाशित वित्तीय विवरण कम्पनीले साउन महिनामा तीन अर्ब ३४ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।

दोस्रो नम्बरमा रहेको आईएमई लाइफले साउन महिनामा ५२ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। जुन गत आवको भन्दा कुल बीमा शुल्क आर्जन ३७ दशमलव ५७ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै , तेस्रो नम्बरमा रहेको सानिमा रिलायन्स लाइफले साउन महिनामा ६६ करोड ८१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३६ दशमलव ६७ प्रतिशतले बृद्धि भएको छ ।

सिटिजन लाइफले साउन महिनामा ५७ करोड ९४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ४९ प्रतिशतले बृद्धि भएको छ ।

प्रभु महालक्षी लाइफले साउन महिनामा ५४ करोड ११ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ ।

रिलायबल नेपाल लाइफले साउन महिनामा ३८ करोड ११ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३० दशमलव ४९ प्रतिशतले बृद्धि भएको छ ।

हिमालयन लाइफले साउन महिनामा १ अर्व ९३ करोड ७७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बृद्धि भएको छ ।

एशियन लाइफले साउन महिनामा ८१ करोड ९९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा

१५ दशमलव ९८ प्रतिशतले बृद्धि भएको छ ।

नेशनल लाइफले साउन महिनामा १ अर्व ८० करोड ६८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ८४ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल लाइफले साउन महिनामा ५ अर्व २२ करोड ३८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ४३ प्रतिशतले बृद्धि भएको छ ।

सूूर्यज्योति लाइफले साउन महिनामा १ अर्व ४५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ३५ प्रतिशतले बृद्धि भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले साउन महिनामा १ अर्व ९२ करोड ५५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव १६ प्रतिशतले बृद्धि भएको छ ।

मेट लाइफले साउन महिनामा ४९ करोड २३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ ।

सन नेपाल लाइफले साउन महिनामा ३५ करोड ६२ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
890SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?