National life
cg eloctronics

११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा साढे ५६ अर्ब माथि, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
662Shares
११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा साढे ५६ अर्ब माथि, कुनले कति कमाए ?
ncell

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले करिब साढे ५६ अर्ब रुपैयाँ कुल नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको जेठ महिनासम्ममा २० वाणिज्य बैंकहरुले ५६ अर्ब ४५ करोड ५ लाख ४० हजार रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । उक्त समयावधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकको सूचिमा नबिल बैंक रहेको छ । बैंकले ११ महिनामा ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसै गरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कारोबारको आधारमा राष्ट्रिय वाणिज्य बैंक छैटौं स्थानमा रहेको छ । आरबिबिले यस अवधिमा ३ अर्ब ६ करोड ८३ लाख, प्रभु बैंकले ३ अर्ब ३ करोड ४२ लाख, कृषि विकास बैंकले ३ अर्ब २ करोड ४८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ।

यसै गरी दुई अर्ब रुपैयाँ भन्दा धेरै तीन अर्बभन्दा कम नाफा कमाउने बाणिज्य बैंकको सङ्ख्या पाँच रहेको छ। यस अवधिमा एनएमबि बैंकले जेठ मसान्तसम्म २ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा हिमालयन बैंकले २ अर्ब ७६ करोड ६० लाख। लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड ४३ लाख, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड २ लाख र एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सिटिजन बैंकले चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन सानिमा बैंकले पच्छाउँदै १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै कुमारी बैंकको नाफा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ, नेपाल एसाबआई बैंकले १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड ४२ लाख रुपैयाँ र नेपाल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको  तथ्यांकमा उल्लेख गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?