National life

झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
532Shares
झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
ncell

काठमाडौँ । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि बिक्रीमा ल्याएको प्रथम चरणको आईपीओमा स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो। जसमध्ये प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्काशन गरेको थियो।

Royal Enfield
nic asia capital
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ भने साउन १८ गते नै बन्द भइसकेको छ भने आयोजना प्रभावितलाई निष्काशन गरिएको आईपीओ आज साँझ ५ बजेपछि बन्द हुनेछ।

आयोजना प्रभावितलाई छुट्याइएको जम्मा आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ।

यस कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जगाउँछ ।

 

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?