National life

टेलिकमका अधिकृत सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ६१ लाख बढी विगो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
672Shares
टेलिकमका अधिकृत सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ६१ लाख बढी विगो
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिटौलाले कार्यालयमा हाजिर गरी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको, व्यापार व्यवसायमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारको आरोप पत्रअनुसार सिटौलाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास रोड प्रोजेक्टमा ठेक्का लिई हस्ताक्षरसमेत गरेका थिए । उनले हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनको संस्थापक शेयरसमेत खरिद गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले हिमदुङमा २०६९/०७० देखि काम गरिरहेको, परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टासमेतमा सामेल भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

सो अवधिमा सिटौलाले एक करोड ६१ लाख २० हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको बताइएको छ । सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति बराबरको बिगो कायम गरी सोही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफतको माग दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?