National life

ट्रेड टावरको आइपीओ भर्न छुट्नुभयो कि ? आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० जेठ २०८२, मङ्गलबार
1.2kShares
ट्रेड टावरको आइपीओ भर्न छुट्नुभयो कि ? आज अन्तिम दिन
ncell

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार सोमबार (जेठ १९ गते) साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताको लागि आवेदन दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन माग भन्दा ७.०९ गुणा बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्रेड टावरले जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्काशनमा ल्यएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आइपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?