National life

ठमेल प्लाजा होटलको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
500Shares
ठमेल प्लाजा होटलको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला
ncell

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको ठमेल प्लाजा होटलले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले गत जेठ १९ गतेको विशेष साधारण सभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयरसमेत समेटेर आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको हो।

यो हकप्रद कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि निष्कासन तथा त्रिक्री खुला गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हकप्रद सेयरमा खरिदका लागि आगामी असार २३ गतेसम्म आवेदन दिन सकिने छ। निर्धारित मितिभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट हकप्रद खरिदका लागि आवेदन नपरेमा सञ्चालक समितिको निर्णयबाट अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई सेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरी बाँडफाँड गर्न सकिने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर खरिदका लागि ठमेल प्लाजामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त आवेदन आवेदन बुझाउनुपर्नेछ । दरखास्त बापतको रकम सिटिजन्स बैंकमा ठमेल होटलको नाममा रहेको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ ।

कम्पनीले गत जेठ १९ गते विशेष साधारण सभा आयोजना गरी आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?