National life

डलरको भाउ फेरि आजसम्मकै उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
582Shares
डलरको भाउ फेरि आजसम्मकै उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ
ncell

काठमाडौं । अमेरिकी डलरको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २४ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ २५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ६५ पैसा छ। यो अहिलेसम्मकै उच्च भाउ हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ११ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ४९ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ८७ पैसा र खरिद दर १७५ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा पाइन्छ । साथै, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?