काठमाडौं । डा. बाबुराम भट्टराईले मुख्य नेत्तृत्व गर्दै आएको नेपाल समाजवादी पार्टी आजबाट फुटेको छ। महिन्द्र राय यादव पक्षले माओवादी केन्द्रसँग समहति गरेसँगै समाजवादी टुक्रीएको हो ।
आज भएको पार्टी एकता सम्बन्धि छलफलमा भट्टराई सहभागी भएनन् ।
सहभागी हुनेमा अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
वि.स. २०७६ साल वैशाखमा उपेन्द्र यादवले नेतृत्व गर्दै आएको संघीय समाजवादी फोरम तथा भट्टराई नेतृत्वसँग नयाँ शक्ति पार्टीबीच एकता हुँदै समाजवादी पार्टी नेपालको स्थापना भएको थियो । साथै, वि.स.२०७९ साल असारमा उपेन्द्र यादवबाट अलग्गिएर भट्टराईले नेपाल समाजवादी पार्टी स्थापना गरेका थिए ।

































