काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पाँचौँ महिना मंसिर मसान्तसम्म आइपुग्दा नेपालमा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम र कारोबार सङ्ख्या दुवैमा उल्लेख्य वृद्धि देखिएको छ।
यसअघि असोजदेखि कार्तिक मसान्तसम्मको अवधिमा भने इन्टरनेट बैंकिङ कारोबारको रकम र सङ्ख्या दुवैमा गिरावट आएको थियो। तर, मंसिर महिनामा अचानक यसमा वृद्धि भएको राष्ट्र बैंकको हालैको मासिक भुक्तानी प्रणाली सूचकले देखाएको छ।
विशेष गरी, कार्तिकमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ४ लाख ७२ हजार ४७५ रहेको थियो।
डिजिटल भुक्तानी प्रणालीको व्यापक प्रयोग, आर्थिक गतिविधिमा सुधार, र ग्राहकहरूको डिजिटल पहुँचमा वृद्धिलाई मुख्य कारकको रूपमा मान्न सकिने जानकारहरुको भनाई छ । साथै, व्यवसायिक तथा व्यक्तिगत लेनदेन दुवैमा इन्टरनेट बैंकिङको प्रयोग बढेसँगै, भुक्तानी प्रक्रियामा सहजता र छिटो कार्यान्वयन पनि देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार, डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न गरिएको प्रयासहरूले भुक्तानी कारोबारमा वृद्धि र बैंकिङ प्रणालीमा दक्षता सुधारमा योगदान पुर्याइरहेको छ। यस प्रवृत्तिले भविष्यमा डिजिटल भुक्तानीमा अझ द्रुत वृद्धि हुन सक्ने आकलन गरिएको छ ।


































