National life

डोनाल्ड ट्रम्पले घोषणा गरेको वैदेशिक सहायता रोक्ने निर्णयलाई अदालतले गर्यो स्थगित 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ माघ २०८१, बिहिबार
722Shares
डोनाल्ड ट्रम्पले घोषणा गरेको वैदेशिक सहायता रोक्ने निर्णयलाई अदालतले गर्यो स्थगित 
ncell

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः सबै किसिमका वैदेशिक सहायता रोक्ने निर्णयबाट पछि हटेका छन्।

केही दिन अगाडि मात्रै ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान ९० दिनका लागि स्थगित गर्ने निर्णय लिएका थिए । ट्रम्पको उक्त निर्णयले नेपाललाई समेत प्रभाव पार्ने भन्दै चिन्ता बढको जानकारहरूको भनाई छ ।

विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएसँगै ट्रम्पको निर्णय स्थगित भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेसँगै विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि सबै देशहरूमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो । यो निर्णयले अमेरिकी सरकारको सहायतामा परेका लाखौँ व्यक्तिहरूमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएसँगै तत्कालका लागि ट्रम्पको स्थगित भएको हो ।

अमेरिकाले लामो समयदेखि विश्वका विभिन्न मुलुकमा स्वास्थ्य, शिक्षा, विकासलगायतमा अनुदान सहयोग उपलब्ध गराएर सहायता गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?