काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ताेलामा ८०० रुपैयाँले घटेको हो ।
जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।



































