National life

तीनकुनेको तोडफोड घटनामा शिखर इन्स्योरेन्सको अग्रता, दुई सातामै सबै दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
614Shares
तीनकुनेको  तोडफोड घटनामा शिखर इन्स्योरेन्सको अग्रता, दुई सातामै सबै दाबी भुक्तानी
ncell

काठमाडौँ। गत चैत १५ गते काठमाडौँको तीन कुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा हुलदङ्गाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरूले ५ करोड रुपैयाँ बढीको दाबी परेको प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले चैत २५ गतेसम्म तथ्यांक सार्वजनिक गर्दै उक्त घटनाको कारण भएको क्षतिमा १२ वटा बीमा कम्पनीमा ५० वटा दाबी परेको छ। उल्लेखित दाबी संख्याको आधारमा ती दाबीको कम्पनीहरूले ५ करोड ४९ हजार ४२१ रुपैयाँ भुक्तानी गर्नुपर्ने तथ्यांकमा उल्लेख छ ।

चैत्र १५ गते भएको तोडफोड र आगजनीका घटनाहरूमा शिखर इन्स्योरेन्स कम्पनीमा पाँच वटा बीमा दाबी परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले सबै बीमा दाबी १३ दिनभित्रमा सम्पन्न गरेर नयाँ रेकर्ड बनाएको छ । शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दाबी भुक्तानी १३ दिनभित्रै सम्पन्न गरेर नयाँ रेकर्ड राख्न सफल भएको छ।

बीमा प्राधिकरणका अनुसार कूल पाँच करोड ४९ हजार ४२१ रुपैयाँको बीमा दाबी परेकोमा शिखरले १३ दिनभित्रमा शतप्रतिशत दाबी भुक्तानी गर्न सफल भएको छ। अन्य कम्पनीहरूले हालसम्म सो घटनाका पीडितहरूलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।

सो घटनामा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा एक करोड १७ लाख रुपैयाँ, सलिकोमा ७५ लाख ४९ हजार रुपैयाँ, नेकोमा ५२ लाख रुपैयाँ, दि ओरियन्टलमा ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्टमा २२ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँ दाबी परेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?