National life

तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब ६६ करोड बढी, खुद ब्याज आम्दानी समेत वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
518Shares
तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब ६६ करोड बढी, खुद ब्याज आम्दानी समेत वृद्धि
ncell

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशित गरेको उक्त विवरण अनुसार चैत मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो चालू आवमा बैंकको खुद नाफामा झिनो अंकको गिरावट आएको हो । बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको हो।

Royal Enfield
nic asia capital

चालू आवमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ। बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। यता सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।

बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । साथै, जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको  बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?