National life

थ्रीस्टार हाइड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
661Shares
थ्रीस्टार हाइड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडकाे आइपीओ विक्री खुला भएकाे छ । लिमिटेडले आज असार ५ गते (मंगलबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेकाे हाे ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँड पछि बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रबद्वन गरिरहेको ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?