National life

दशैंमा जमरा : आस्था, संस्कृति र स्वास्थ्यको प्रतीक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
352Shares
दशैंमा जमरा : आस्था, संस्कृति र स्वास्थ्यको प्रतीक
ncell

काठमाडौँ । विजयादशमीमा मान्यजनले टिका लगाइदिँदा निधारमा रातो अक्षता मात्र होइन, कानमा जौं, मकै, धान र गहुँका पँहेला जमरा समेत सिउरिदिने परम्परा छ। यो परम्परा दशैं मनाइएको संकेत मात्र होइन, नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण अभ्यास पनि हो।

चाखलाग्दो कुरा के छ भने दशैंमा टिकाजमरा लगाउने चलन हिन्दू धर्मावलम्बी नेपालीहरूमाझ मात्र छ। भारत वा अन्य मुलुकका हिन्दूहरूले टिका लगाए पनि जमरा प्रयोग गर्दैनन् ।

Royal Enfield
nic asia capital
यसैले पुरुषले ढाकाटोपीमा जमरा सिउरेको वा महिलाले चुल्ठोमा जमरा राखेर पिङ मच्चाएको दृश्य दशैंको ‘आइकन’का रूपमा स्थापित भएको छ। आजभोलि धेरैले टिका–जमरा लगाइसकेपछि पारिवारिक तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका छन्।

जमराको धार्मिक र सांस्कृतिक अर्थ

धार्मिक विश्वासअनुसार जमरा देवी दुर्गाको प्रसाद हो। घटस्थापनाको दिन राखिएको जौ, मकै, गहुँ र धान नवरात्रभर पूजा गरेर हुर्काइन्छ। दशमीका दिन देवी दुर्गाको शक्तिको प्रतीकका रूपमा जमरा टीकासँगै लगाइन्छ। पहेँलो जमरा जीवनशक्ति, समृद्धि र विजयको संकेत मानिन्छ। नवदुर्गाको आराधना गरी हुर्काइएको जमरा टिकाको दिन कुलदेवतालाई अर्पण गरेपछि मात्र प्रसादस्वरूप प्रयोग गरिन्छ।

स्वास्थ्य र आयुर्वेदिक दृष्टिकोण

जौलाई अन्नको राजा मानिन्छ। पौराणिक ग्रन्थ र आयुर्वेदमा जौको विशेष गुणको उल्लेख पाइन्छ। चिकित्सकहरूका अनुसार अंकुरिएको जौमा प्रोटिन, भिटामिन, विभिन्न खनिज, क्लोरोफिल र फाइबर हुन्छ। उच्च रक्तचाप, क्यान्सर र मधुमेहका बिरामीले सातदेखि नौ दिनको जमरा पिसेर रस बनाएर सेवन गरेमा स्वास्थ्य लाभ हुने बताइएको छ । यसले पाचन प्रणाली सुधार्ने, शरीरलाई डिटक्स गर्ने, प्रतिरोधात्मक क्षमता बढाउने मात्र नभई सौन्दर्यमा पनि निखार ल्याउँछ।

जमरा राख्ने विधि

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै जमरा राख्ने चलन छ। चोखो स्थानमा ल्याइएको माटो वा बालुवामा जौ मिसाएर रोपिन्छ। माटोलाई घाम नपस्ने गरी राखिन्छ जसले जमरा पहेँलो बनाउन मद्दत गर्छ। नवरात्रभर नवदुर्गाको पूजा यसै जमरा राखिएको स्थलमा हुन्छ। जमरा जति लामो र पँहेलो हुन्छ, देवी त्यति नै प्रसन्न भएको मानिन्छ।

 

यो समाचार शेयर गर्नुहोस्
352SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?