National life

अमेरिकामा एआईको नाम फेरियो, ट्रम्पले राखे ‘सुपर इन्टेलिजेन्स’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
377Shares
अमेरिकामा एआईको नाम फेरियो, ट्रम्पले राखे ‘सुपर इन्टेलिजेन्स’
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नाम परिवर्तन गर्दै अब ‘सुपर इन्टेलिजेन्स’ (एसआई) प्रयोग गर्ने घोषणा गरेका छन्।

ह्वाइट हाउसमा प्रविधि क्षेत्रका दिग्गजहरूसँग छलफल गरेपछि ट्रम्पले एआईको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। बैठकमा एलन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेन्सेन हुआङलगायत सहभागी थिए।

कार्यकारी आदेशअनुसार अब अमेरिकी सरकारका कामकाज, वेबसाइट तथा आधिकारिक दस्तावेजमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिनेछ।

Royal Enfield
nic asia capital

ट्रम्पले ‘आर्टिफिसियल’ शब्दले प्रविधि नक्कली वा बनावटीजस्तो सुनिने भएकाले ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त हुने बताएका छन्।

कार्यकारी आदेशमा ‘सुपर इन्टेलिजेन्स’ शब्दले प्रविधिको सम्भावना, क्षमता र तीव्र विकासलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’को तुलनामा अझ उपयुक्त रूपमा प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत एआईको नाम परिवर्तन गर्ने विषयमा सर्वेक्षणसमेत गरेका थिए। उनले विभिन्न विकल्प प्रस्तुत गर्दै प्रयोगकर्ताको राय मागेका थिए।

त्यसपछि ट्रम्पले एआईको नाम परिवर्तन गरी सरकारी कामकाजमा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्ने निर्णय गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?