काठमाडौँ । हिन्दु नेपालीहरूकै मुख्य चाड मानिने दशै सुरु भएसँगै बजारमा किनमेल र व्यापारको चहलपहल बढेको छ । दशैंतिहार तथा छठजस्ता चाडपर्व सुरु हुनुभन्दा एक महिना अगाडिदेखि नै विभिन्न अटो कम्पनी तथा मोटरसाइकल, स्कुटर विक्रेता कम्पनीहरूले पनि एक्सचेन्ज लाखौँ रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरिसकेका छन् ।
साथै,दशैंको आगमनसँगै काठमाडौँ उपत्यकाकै सबैभन्दा ठुलो तथा महँगो व्यापारिक क्षेत्र मानिने दरबारमार्गका अधिकांश पसलहरूमा ठुलठुलो अक्षरमा आकर्षक सेल तथा अफरहरूको बोर्ड राखेका छन् । दरबारमार्गमा रहेको एरिक, पिक एडिडासजस्ता ठुला ब्रान्डहरूले यस वर्षको दशै तिहार विशेष अफर अन्तर्गत हरेक समानको खरिदमा १० देखी ७० प्रतिशतसम्म छुट दिइरहेका छन् ।
यो दशैंमा कुन ब्रान्डका अफर कस्तो ?
केल्मी (KELME)
जोमा (JOMA)
जोमाले पनि ठुलो उत्सव प्रस्ताव अन्तर्गत यस वर्षको दसैँ तथा तिहारलाई लक्षित गरेर अधिक किन्नुहास्, अधिक बचत गर्नुहोस् अफर ल्याएको छ । जसअन्तर्गत ३ वा बढी बस्तुहरू किन्दा २० प्रतिशत छुट,२ वस्तुहरू किन्दा १५ प्रतिशत र हरेक सामान किन्दा १० प्रतिशत र छानिएका बस्तुहरू किन्दा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
पिक÷ एरिक
पिक र एरिकले पनि दसैँ सेल योजना अन्तर्गत यस वर्षको चाडपर्वमा आफ्ना हरेक सामानको खरिदमा १५ प्रतिशत सम्म र १२ हजार भन्दा माथिको खरिदमा थप ५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
एन्टा (ANTA)
एन्टाले पनि विग फेष्टिभ अफर अन्तर्गत धेरै किनौँ, धेरै बचत गरौँ अफर ल्याएको छ । जसअन्तर्गत एन्टा ब्रान्डका हरेक सामानको खरिदमा ५० प्रतिशतभन्दा माथिको छुट पाउन सकिन्छ भने सियोर सट क्यासब्याक योजना समेत एन्टाले दिएको छ ।
एडिडास (ADIDAS)
रीबुक(Reebok )
रीबुकले पनि आफ्ना ब्रान्डका नयाँ कलेक्सनहरूमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरेको छ । भने पुराना सामानको खरिदमा ५० प्रतिशतसम्मको छुट दिने व्यवस्था गरेको छ ।
ली–निङ (Li-Ning)


































