National life

केएमसीले पेडियाट्रिक युरोलोजी क्लिनिक अन्तर्गत बालबालिकाको कम शुल्कमा शल्यक्रिया गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
755Shares
केएमसीले  पेडियाट्रिक युरोलोजी क्लिनिक अन्तर्गत बालबालिकाको कम शुल्कमा शल्यक्रिया गर्ने
ncell

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) अस्पतालले आगामी कार्तिक १ गते बिहीबारदेखि बालबालिकाका लागि कम शुल्कमा शल्यक्रिया गर्ने भएको छ ।

अस्पतालमा बाल शल्य चिकित्सा विभागको पेडियाट्रिक युरोलोजी क्लिनिक अन्तर्गत १६ वर्षसम्म उमेरका बालबालिकाको कम शुल्कमा शल्यक्रिया गरिने केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार बिरामी बालबालिकाको शल्यक्रिया बढाउने उद्धेश्यले हरेक मंगलबार हर्निया–हाइड्रोसिल, अण्डकोशमा नझरेको अण्डा, पिसाबको मुख मुनि फर्किएको, लिङ्गको छाला नफर्किने अवस्था सम्बन्धी रोगको ओपीडी राख्ने उक्त रोगहरुको शल्यक्रिया गर्न लागिएको हो ।

यो रोगको शल्यक्रियामा तीन महिनासम्मका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएकोसमेत दाहालले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?