National life

बिमाको १०० करोड भुक्तानी रोकिँदा निजी अस्पताल दबाबमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२५ चैत २०८२, बुधबार
1.5kShares
बिमाको १०० करोड भुक्तानी रोकिँदा निजी अस्पताल दबाबमा
ncell

काठमाडौं। काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै १०० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन्।

उनका अनुसार बीमा कार्यक्रमअन्तर्गत मात्रै दैनिक करिब ८०० ओपीडी तथा २०० भन्दा बढी आईपीडी बिरामीलाई सेवा प्रदान गरिँदै आएको छ। यस्तो अवस्थामा सरकारबाट भुक्तानी नआउँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने जोखिम बढेको उनले उल्लेख गरेकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शर्माले अस्पतालमा प्रयोग हुने औषधि, कन्जुमेबल तथा अन्य सामग्री सरकारको गोदामबाट उपलब्ध नहुने र बजारबाट खरिद गर्नुपर्ने भएकाले समयमै भुक्तानी नहुँदा आर्थिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने बताइन्।

“भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई। यस्तो दोहोरो चरित्रले स्वास्थ्य सेवा मात्रै होइन, सिंगो स्वास्थ्य प्रणाली नै प्रभावित हुन्छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

सम्झौताअनुसार सेवा प्रदायक संस्थाले सेवा दिने र सरकार तथा बीमा बोर्डले समयमै भुक्तानी गर्ने दायित्व स्पष्ट रूपमा उल्लेख रहेको स्मरण गराउँदै उनले भुक्तानी प्रक्रिया तत्काल व्यवस्थित गर्न सरकारसँग आग्रह गरेकी छन्।

निजी अस्पतालहरूले सरकारको कार्यक्रम सफल बनाउन निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले अब सरकारले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको बताएकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?