National life
cg eloctronics

बहिनीको कलेजोले दाजुको पुनर्जीवन, काठमाडौं मेडिकल कलेजमा कलेजो प्रत्यारोपणले पायो निरन्तरता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.9kShares
बहिनीको कलेजोले दाजुको पुनर्जीवन, काठमाडौं मेडिकल कलेजमा कलेजो प्रत्यारोपणले पायो निरन्तरता
muktinatha bikash bank

काठमाडौं। सुदूरपश्चिमको कैलाली, घोडाघोडी–१० का ५८ वर्षीय एक पुरुषका लागि जीवन लगभग थामिएको थियो । कलेजोको जटिल रोगले थलिएका उनी दिनप्रतिदिन मृत्युसँग नजिकिँदै थिए । परिवारको आँखामा डर थियो, समयसँगै आशा मर्दै थिए । तर त्यहीँ घरभित्रबाट आयो जीवनको सबैभन्दा ठूलो उपहार—५० वर्षीया बहिनीले दाजुलाई कलेजो दान गर्ने निर्णय गरिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अस्पतालका लागि पनि यो उपचार एउटा चिकित्सकीय प्रक्रिया मात्र थिएन, रगतको सम्बन्धले जीवनलाई पुनर्जन्म दिएको कथा थियो । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको सफल शल्यक्रियापछि अहिले दुवै दाजु–बहिनी स्वस्थ भएर १४ औँ दिनमै डिस्चार्ज भएका छन् । अस्पतालमा सम्पन्न भएको यो चौथो सफल कलेजो प्रत्यारोपण हो, जसले नेपालमै जटिल उपचार सम्भव छ भन्ने विश्वासलाई थप बलियो बनाएको छ ।

everest bank

यो कठिन र संवेदनशील शल्यक्रिया लिभर ट्रान्सप्लान्ट सर्जन डा. रोशन घिमिरे र लिभर ट्रान्सप्लान्ट फिजिसियन डा. सागर पौड्यालको नेतृत्व तथा दिल्लीको अमृता अस्पतालको सहयोगमा भएको हो । अनुभवी चिकित्सक, दक्ष नर्सिङ टोली र अत्याधुनिक प्रविधिको संयोजनले यो जटिल कार्यलाई सम्भव बनायो ।

दाजुको शरीरमा जीवन हराउँदै जाँदा बहिनीले आफ्नो शरीरको एउटा अंश दिएर पुनर्जीवन दिइन् । शल्यक्रियापछि दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहनु चिकित्सकहरूका लागि मात्र होइन, सिंगो परिवारका लागि पुनर्जन्मको क्षण बन्यो । नेपालमा कलेजो प्रत्यारोपण अत्यन्त महँगो र जटिल मानिने उपचार हो । धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य हुने गरेका छन् । तर केएमसीमा यो सेवा निरन्तर सञ्चालनमा आउनु र सफलतापूर्वक चौथो प्रत्यारोपण सम्पन्न हुनु स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ ।

यो सफलताले एकजना बिरामीको जीवन मात्रै बचाएको छैन, यसले सयौँ बिरामीका लागि आशाको ढोका पनि खोलेको छ । अस्पतालका अनुसार समयमै उपचार पाए कलेजोसम्बन्धी जटिल रोगबाट पीडित धेरै बिरामीको ज्यान जोगाउन सकिन्छ । स्वदेशमै यस्तो सेवा विस्तार हुनु आर्थिक रूपमा कमजोर परिवारका लागि झन् ठूलो राहत हो । तर यो सफलताको सबैभन्दा मार्मिक पक्ष भनेको दाजु–बहिनीको सम्बन्ध हो । जहाँ एउटी बहिनीले आफ्नो शरीरको अंश दिएर दाजुको जीवन फर्काइन् ।

चिकित्सा विज्ञानले सम्भव बनाएको यो चमत्कार मानवीय प्रेम र त्यागको सबैभन्दा सुन्दर उदाहरण बनेको छ । नेपाली कांग्रेसका लोकप्रिय युवानेता डा. सुनीलकुमार शर्माद्वारा सञ्चालित केएमसीमा निरन्तर भइरहेको कलेजो प्रत्यारोपणले अब नेपालमै विश्वस्तरको उपचार सम्भव छ भन्ने सन्देश पनि दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?