National life

दाबी भुक्तानीको लागि अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
1.5kShares
दाबी भुक्तानीको लागि अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह
ncell

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ ।

कम्पनीमा परेको दाबी निवेदनमा दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले बीमित तथा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले दाबी प्रक्रिया रोकिएको समेत कम्पनीले जनाएको छ ।

कम्पनीले ३५ दिनभित्र आवश्यक सम्पूर्ण कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा कार्यालय र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई कागजात उपलब्ध गराई दाबी भुक्तानी लिन समेत आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समयमै कागजात पेश गरी दाबी नलिएको खण्डमा सम्बन्धित व्यक्तिको दाबीको फाइल बन्द गरिने कम्पनीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?